पिंकु मिसको जवानी पोखेपछि राज्जा रानीमा भयो खैलाबैला ( भिडीयो सहित )

फिल्मी फण्डा । आजबाट देशव्यापी रुपमा प्रर्दशनमा आएको फिल्म राज्जा रानीको मैथिली भाषाको आइटम गीत पिंमु मिसको जवानी सार्वजनिक भएको छ । उक्त गीतमा नायिका रेखा थापाले थुम्का लगाएका छन् । यम थापाले निर्देशन गरेको फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, चन्दन दत्तको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
दाइजो प्रथाको बारे बोल्ने फिल्ममा केकी र नाजिरको अलावा फिल्ममा लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । आर्यन फिल्मस् प्रोडक्सनको प्रस्तुती रहेको फिल्मको निर्माता रमेश एम.के पौडेल हुन् ।
भिडीयो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस