सलमान खानलाई विश्नोई डनले किन दियो ज्यान मार्ने धम्की ? यस्तो खुलासा

फिल्मी फण्डा । बलिउडका चर्चित नायक सलमान खानलाई अहिले आफ्नो ज्यान बचाउन गाहे भईरहेको छ । सलमानलाई ज्यानको खतरा बढ्न थाले पछि उनलाई रेस ३ को सुटिङ स्पटबाट नै पुलिसको कडा सुरक्षामा घर पु¥याएको हो । ज्यान मार्ने धम्कीलाई बेवास्ता गर्दै सुटिङमा लागेको सलमानलाई पुलिसले सेटमा नै गएर सलमानलाई सुरक्षित ठाँउमा जान सुझाव दिएको हो ।
करिब १८ वर्ष अघि सन् १९९८ मा हम साथ साथ हे को सुटिङको समयमा कालो हरिण (चिंकारा) गोलीको सिकार भएको थियो । त्यो समयमा फिल्मको टिमले यो कुरा यति लामो चल्थ्यो भनेर सोचेका थिएनन् तर अहिले त्यहि कुराले सलमानलाई ज्यान मार्ने धम्की आईरहेको छ । विश्नोई समाजहरुले जीव जन्तुहरुलाई भग्वानको स्वरुप मान्ने गर्दछ जसको लागि यि जातिहरु आफ्नो ज्यानसमेत दाउमा लगाउने गर्दछ ।
यहि जातिका डन लरेन्स विश्नोइले बलिउडका चर्चित अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएका हुन् । सामाजिक सञ्जाल गुगलमा खोज्ने हो भने विश्नोई जातिसँग सम्बन्धित विभिन्न समाचारहरु आउने गर्दछ । यि जातिहरुलाई पहिलो पर्यावरक संरक्ष्क पनि मानिने गर्दछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस