फिल्म  ‘सतीदेवी’को भद्रकालीमा मुहर्त

फिल्मी फण्डा। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा  मलिका महत केन्द्रिय भूमिकामा रहनेछिन् ।

दिलासा क्रियशन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण हुने चलचित्रमा रमेश बुढाथोकी,भोला सापकोटा, कुलदीप अधिकारी, सन्दीप बाबु लोहनी,सृजना अधिकारी,मनिषा सापकोटा,सुजिता शिवाकोटी,इभन जोशी,विमल श्रेष्ठ,दिपा मगर,तुलसी प्रसाद श्रेष्ठ बाल कलाकार हर्षिका ओली,मंजिला बानियाँको अभिनय रहनेछ। 

महिला प्रधान चलचित्रमा दीपक शर्मा र सुभाष भुषालको संगीत बाबु श्रेष्ठको छायाँकन,देव महर्जनको द्वन्द,रामजी लामिछानेको कोरियोग्राफी रहनेछ। सुदिप कुँवर मुख्य सहायक निर्देशक रहने चलचित्रका प्रोडक्सन मेनेजर सीबी भण्डारी हुन्। 

चलचित्रका निर्माता, लेखक, गीतकार तथा निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको छायाँकन ३० दिनमा सकाउने लक्ष्य रहेको बताए । लामो समय चलचित्र पत्रकारितामा कमल चलाएका सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ चलचित्रको निर्देशन गरी सकेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech