फिल्मी फण्डा । गत बिहिबारबाट फिल्म परस्त्री प्रदर्शन भयो र आइबार सम्ममा हलबाट उत्रिपनि सक्यो । नेपाल सहित भारतमा पनि प्रदर्शन गर्ने भनेर प्रचारप्रसार गरीएको फिल्म हलमा आएको र गएको समेत पत्तो नपाउने गरी फ्लप भएको छ । फिल्म असफल भएपछि पहिलोपटक निर्माता शर्मिला पाण्डेले फेसबुकमा एक स्टाटस राख्दै फिल्म असफल भएको अर्ध स्वीकारोक्ति गरेकी छिन् ।
उनले खेल खेल्ने मान्छेको जीवनमा हार जित हुन्छ नै यो कुनै नयाँ कुरा होईन म मेरो कर्ममा निरन्तर लागिरहेको छु लागिरहने छु, भन्दै आत्मसन्तुष्टि लिने प्रयास गरेकी छिन् । उनले फिल्म एक खेल रहेको र त्यसमा हारको रुपमा फिल्म परस्त्रीलाई लिएको हुनुपर्छ ।
परस्त्री लाई शर्मिलाकै छोरो सुरज पाण्डेले निर्देशन गरेको थिए । सुरजको यो निर्देशकिय डेब्यु फिल्म थियो । कलाकारको रुपमा सुरजको डेब्यु फिल्म थियो लभ लभ लभ जसलाई दिपेन्द्र के खनालले निर्देशन गरेका थिए । उक्त फिल्म पनि बक्स अफिसमा पुर्ण रुपमा असफल भएको थियो । संयोग त के छ भने दुबै फिल्मका लेखक दिपेन्द्र के खनाल हुन् ।