फिल्मी फण्डा । एक बर्ष जेल सजाय काटेर फिर्किएका मोडल पल शाहले सोचे जस्तो कमब्याक गर्न सकेका छैनन्, जेल जानु अघि दैनिक जस्तो म्युजिक भिडियोको सुटिङ मा ब्यस्त हुने पल अहिले भने मुस्किलले हप्तामा एउटा मात्रै म्युजिक भिडियोको सुटिङ गरिरहेका छन् । जेल बाट फर्किए लगत्तै पललाई म्युजिक भिडियोको अफर गर्नेको भिड लागेको समाचारहरु सार्वजनिक भए, महोत्सवमा हेलिकप्टर चार्टर गरेको गएको देखि ३ लाख सम्म चार्ज गरेको समाचारहरु सार्वजनिक भए । ति समाचारहरु यथार्थ थिए या मार्केटिङ फण्डा थियो त्यो त समयले बिस्तारै देखाउने नै छ ।
तर अहिले पल साहा पुन पुरानै क्रेज फर्काउन लागि परेका छन् । कमब्याक पछिको सबैजसो म्युजिक भिडियो हरुले सोचेजस्तो सफलता पाउन छाडेपछि निराश भएका पल अहिले आफ्नो हिट जोडि मलिका महत सँग पुन एकसाथ काम गर्दै छन् । मलिका र पलले काम गरेको ३ म्युजिक भिडियोहरु अत्याधिक सफल भएका थिए । त्यसमा पनि 'फुल बुट्टे सारी'ले त भ्युजको मामिलामा किर्तिमान नै कायम गरेको थियो । उक्त गीतको भिडियोलाई युट्युबमा अहिलेसम्म ९ करोड ६५ लाख पटक हेरिएको छ । साथै उनीहरुकै जोडि रहेको 'टाढा भएपनि' बोलको भिडियोलाई पनि ७ करोड पटक हेरिएको छ । अन्य गीतहरु आँखामा आउने सपनी, गाजलु टिकि सिरसिर हावा लगायतको भिडियोमा पनि करोडौं भ्युज गएको छ । त्यसैले पललाई हिट हुन मिलकाकै सहारा चाहिएको हो त भन्ने चर्चा फिल्मी वृत्तमा चलिरहेको छ ।