‘कोशेढुंगा’को ट्रेलर रिलिज : पारिवारिक कथा, ग्रामीण परिवेश र जीवनका उल्झन ( भिडीयो सहित )

फिल्मी फण्डा।  निर्देशक सरोज पौडेलले नयाँ फिल्म ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक गरेका छन्। ‘पूर्णबहादुरको सारंगी’ जस्तो सर्वकालीन सफल फिल्ममार्फत चर्चामा आएका पौडेलले यसपटक ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा दर्शकसामु ल्याउन खोजेका हुन्।

३ मिनेट ४३ सेकेन्डको ट्रेलरले दाम्पत्य सम्बन्धका उतारचढाव, पारिवारिक बन्धन र मानवीय द्वन्द्वलाई देखाउने प्रयास गरेको छ। दृश्यमा गाउँको सरल जीवनशैलीसँगै पात्रहरूको भावनात्मक उल्झनलाई प्रस्टसँग चित्रण गरिएको छ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार, सरोज खनाललगायत कलाकारले अभिनय गरेका छन्। कथा र पटकथा निर्देशक पौडेलकै रहेको यो फिल्मलाई प्रविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन्।

नरेदवी फिल्म्स र सारंगी फिल्म्सको संयुक्त प्रस्तुति रहेको ‘कोशेढुंगा’ लाई अन्तर्राष्ट्रिय स्तरमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्ने तयारी गरेको छ। फिल्म आउँदो भदौ १२ गते (अगस्ट २८), तीजको छेको पारेर, नेपालभर प्रदर्शनमा आउनेछ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech