‘द भ्वाइस अफ नेपाल’ सिजन ५ असोजबाट प्रसारण हुने

फिल्मी फण्डा । गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को प्रसारण ५ असोजबाट सुरु हुने भएको छ । निर्माण युनिटले बुधबार राजधानीमा एक पत्रकार भेटघाट गर्दै कार्यक्रमको नयाँ सिजन र बिभिन्न पक्षबारे जानकारी दिएको हो ।

यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिब ६० हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । 

शो को यो सिजनमा  प्रमोद खरेल ,राजेशपायल राई, गायिका मिलन नेवार र गायक उदय सोताङ पनि अहिले कोचमा रहेका छन् । हिमालय टेलिभिजनले विश्वका नम्बर एक रियालिटी शोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech