दीपक–दीपाको सिनेमा हल भोलि उद्घाटन हुने

फिल्मी फण्डा- ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।

आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech