फिल्मी फण्डा । वरिष्ठ कलाकार नीर शाहले ७२ वर्षको उमेरमा फिल्म ‘परान’का लागि उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय चलचित्र अवार्ड जितेका छन्। निर्देशन, खलपात्र र हास्य अभिनय विधामा यसअघि सम्मानित भइसकेका शाहका लागि भने प्रमुख अभिनेताको यो पहिलो अवार्ड हो।
अवार्ड प्राप्तिपछि शाहले अभिनयलाई उमेरसँग जोडेर मूल्याङ्कन गर्न नहुने बताए। उनले पात्रलाई न्याय गर्न सक्नु नै कलाकारको वास्तविक सफलता भएको उल्लेख गर्दै ‘परान’को भूमिकाले आफूलाई विशेष सन्तुष्टि दिएको प्रतिक्रिया दिए।
उनले यो सम्मानलाई आफ्नो मात्र नभई फिल्म निर्माणमा संलग्न सम्पूर्ण टिमको साझा उपलब्धि भएको बताए।