फ्लप फिल्ममा प्रभास को ह्याट्रिक, के 'सलार' बाट गर्लान् कमब्याक ?

फिल्मी फण्डा । सन् २०१७ मा 'बाहुबली २' ले कमाइको मामलामा भारतीय फिल्म इतिहासमा नयाँ रेकर्ड स्थापित गर्यो, 'बाहुबली २' ले धेरै कलाकारलाई विश्वव्यापी नाम दिलायो । उक्त फिल्ममा काम गरेका धेरै कलाकारलाई विभिन्न फिल्म उद्योगमा काम गर्न अफरहरु आउन थाले । त्यस मध्ये पनि फिल्मले सबैभन्दा धेरै सफलता कसैलाई दिलायो भने ति हुन् फिल्मका हिरो प्रभास राजु । बाहुबली पछि प्रभासलाई लिएर महंगो लगानीमा फिल्म बनाउने निर्मातालाई एक हिम्मत जाग्यो, किनकि निर्माताहरूले प्रभासलाई लिएर फिल्म बनाउदा हिन्दी र तेलुगु गरी दुई ठुला मार्केटमा फिल्म चल्ने र लगानी उठाउन सहन हुने सम्भावना देखे । त्यसै अनुरुप प्रभासको बाहुबली पछि साहो, राधेश्याम र आदिपुरुष गरी तिन फिल्म प्रदर्शन भैसकेका छन् । तर प्रभासको स्टारडमले ति कुनैपनि फिल्मलाई फ्लप हुनबाट भने बचाउन सकेन ।

बाहुबलीकै राप तापको कारण फिल्म साहोले पहिलो दिनमै १३० करोडको ब्यापार गर्दै ऐतिहासिक ओपनिङ लिएको थियो, तर त्यसपछि भने फिल्म बक्स अफिसमा टिक्न सकेन, एकैदिन १३० करोड कमाएको फिल्मले लाइफ टाइम ४२५ करोड मात्र कमाइ गर्यो, फिल्मको बजेट र प्यान इण्डिया रिलिज भएको फिल्मले लगानीको आधा पनि सेयर उठान नसकेपछि धेरैले प्रभासको सटारडम माथि प्रश्न उठाएका थिए । तर पनि प्रभासमाथि विश्वास राख्दै निर्माताले राधेश्याम निर्माण गरे, उक्त फिल्म पनि निकै महंगो लगानीमा निर्माण गरीएको थियो, तर राधेश्यामले पनि दर्शक मात्रै नभएर प्रभास र निर्माता सबैलाई निराश बनायो । उक्त फिल्मले ३ दिनमै बक्स अफिसमा दम तोड्यो । 

त्यसपछि पनि प्रभासलाई फिल्मको अफर हुन भने कम भएन, उनले त्यस लगत्तै आदिपुरुष, सलार, प्रोजेक्ट के, स्प्रिट लगायत फिल्म साइन गरे । फिल्म फ्लप भएपनि प्रभासको क्रेजमा कुनै कमि नआएकोले निर्माताहरूले अझै महंगो लगानीमा प्रभास सँग फिल्म बनाउन छोडेनन् । तर त्यसपछि पनि प्रभासको असफलता यात्रा भने रोकिएन । भर्खरै प्रदर्शनमा आएको आदिपुरुष त प्रभासको करियर सबैभन्दा महंगो फिल्म थियो । रामायण माथि बनेको भनि प्रचार गरीएको फिल्म अन्ततः धर्म विरोधी फिल्मको ट्याग भिर्दै बक्स अफिसमा डिजास्टर सावित भयो । प्रदर्शनमा आएको २ हप्ता पनि नवित्दै फिल्म ९० प्रतिशत हलबाट उत्रिसकेको छ । फिल्मले लगानीको एक तिहाई पनि उठाउन नसकि हलबाट उत्रिएपछि प्रभासको स्टारडम माथि प्रश्न उठेको छ ।

बाहुबलि पछि खेलेको तिनवटै फिल्म असफल भएपछि प्रभास एक सफल फिल्मको प्रतिक्षामा रहेका छन् । अझै ४ फिल्म प्रदर्शनको तयारीमा रहेकोले प्रभास ति फिल्म बाट निकै आशावादी रहेका छन् । त्यसमध्ये पनि प्रभास सलार फिल्मलाई लिएर धेरै आशावादी रहेको बताइन्छ । किनकि उक्त फिल्मका निर्देशक हुन् प्रशान्त निल । उनै प्रशान्त जसले केजीएफ जस्तो ब्लकबस्टर सिरिजको निर्माण गरेका थिए । त्यसमाथि पनि महत्वपुर्ण कुरा के भने प्रशान्तले केजिएफ पछि सिधै सलारको निर्देशन गर्दै छन् । र उनले मिडिया सँगको कुराकानीमा पनि सलारको स्केल केजिएफको भन्दा धेरै ठुलो रहेको बताउदै आएका छन् । त्यतिमात्र नभएर सलार पनि केजिएफ युनिभर्सकै हिस्सा रहने चर्चा चलिरहेको छ । त्यसैकारण सलारले बक्स अफिसमा झण्डा गाड्नेमा प्रभास विश्वस्त छन् । त्यसैले फ्लपमा ह्याट्रिक गरेका प्रभासले सलार बाट हिटको स्वाद चाख्न पाउनेमा आशावादी छन् भन्दा फरक नपर्ला । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech