आमाको पर्खाइ र जमराको कथा बोकेको ‘आ बाट आमा २’ दसैँमा आउँदै

फिल्मी फण्डा ।  आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो।

विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरले दशैँको माहोलको झल्को दिन्छ।
पोस्टरमा फिल्मका मुख्य पात्र पल शाहलाई मानसिक सन्तुलन गुमाएको झैँ देखिन्छन् भने विपना थापा,प्रदीप रावत,आकाश श्रेष्ठ,साइग्रेस पोखरेल र मलिका महत भावुक छन्। पोस्टरको दायाबायामा दुई पात्रलाई राखिएको छ।

दायामा बुबाको भुमिकामा रहेका प्रदीप स्कुटरमा कतै आइरहेका देखिन्छन् भने बाया पात्र कसैको खोजीमा देखिन्छन्। साथै “दशैँको जमरा र आमाको पर्खाइको कथा”लाई मुख्य विषयवस्तु बनाएको होमी भन्ने कुरा पोस्टरमा देखिन्छ। अर्को तर्फ पोस्टरमा उल्लेखित “‘आउँछु’ भन्ने एउटा भुटो आशामा आमाले वर्षेनी जमरा छरिरहन्छिन” भन्ने भावुक संवादले फिल्मको मर्मस्पर्शी पक्षलाई दर्शाउँछ। साथै केहि मानिसहरु ढङ्गा तरिरहेको पनि देख्न सकिन्छ।  

Group_Sad.jpg.jpeg

त्यसैले यो फिल्म नेपाली दर्शकको लागि बहुप्रतिक्षित रहेको अनुमान गर्न सकिन्छ। चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्मको पोस्टरले फिल्मको कथालाई बोकेको देखिन्छ। अब यस फिल्मको सोमबार  सार्वजनिक हुने टिजरले थप कथा खोल्ने छ। आर्या पन्तको प्रस्तुति रहेको यस फिल्मको मुख्य भुमिकामा चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।

लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्।
नवराज उप्रेतीको छायाङ्कन डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्।

ओएसआर डिजिटल,डिजिटल पार्टनर रहेको यस फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech