हिट फिल्मको नाममा ब्याज खाने निर्माताको दाउ, तर दर्शकले दिएनन् भाउ

फिल्मी फण्डा । पछिल्लो एक हप्तामा २ ब्लकबस्टर फिल्महरूको नाम सापटी लिएर २ फिल्म निर्माण घोषण भयो । ति फिल्म हुन् हामी तिन भाइ र पापी मान्छे ३ । जसमध्ये हामी तीन भाइ फिल्मले टाइटल दोहोर्याएको छ भने पापी मान्छे ३ ले सिरिजलाई अघि बढाएको छ । त्यसमध्ये हामी तिन भाई त फ्लोरमै गइसकेको छ । त्यतिमात्र नभएर अर्को सुपर हिट फिल्म धड्कन को सिक्वेल अर्थात् धड्कन २ पनि बन्ने तयारी अवस्थामा छ । धड्कन २ का लेखक मौनता श्रेष्ठका अनुसार निर्देशक नरेश पौड्याल अहिले फिल्मको गृहकार्यमा रहेका छन् । यसरी हेर्दा ३ ब्लकबस्टर फिल्मको सिक्वेल या टाइटलमा फिल्म निर्माण हुदै छन् । 

तर ति तीनै फिल्म मध्ये कुनै पनि फिल्मको बजारमा नत चर्चा छ, न त दर्शकनै ति फिल्मलाई लिएर उत्साहित छन् । निखिल उप्रेती, राजेश हमाल, श्री कृष्ण श्रेष्ठ, रेखा थापा, झरना थापा लगायत स्टारहरूको साथमा बक्स अफिसमा नयाँ किर्तिमान कायम गरेको फिल्म हामी तीन भाई कै नाम सापटी लिएर नयाँ फिल्मको निर्माण सुरु भएको छ । पुरानो फिल्म स्टारकास्ट को कारण जति चलेको थियो त्यतिनै फिल्मको संगीतको कारणले पनि चलेको थियो । तर नयाँ बन्न लागेको फिल्मको बिषयमा न त कलाकारहरुलाई चासो छ, न त फिल्म पण्डित र वितरकहरु नै । उक्त फिल्म नामको ब्याज खान आएको भन्दै धेरैले टिप्पणि गरेका छन् । त्यसमाथि पुराना सुपरस्टारहरु सँग भावनात्मक रुपमा जोडिएका दर्शकहरु ति कलाकार नदोहोरिने भएपछि फिल्म हेर्ने कुनै इच्छा नभएको कमेन्टहरु सोसल मिडियामा ब्यक्त गर्न थालेका छन् । 

उता केहि दिन अघि मात्रै गोरिल्लाको पोस्टर सार्वजनिक गर्दै पापी मान्छे ३ को निर्माण घोषणा भयो । 'पापी मान्छे' भन्ने वित्तिकै सबैले निखिल उप्रेतीको फिल्मलाई नै याद गर्छन् । अझै त्यस फिल्ममा अभिनय गरेका कुकुर र बाँदरलाई अहिलेसम्म कसैले बिर्सेका छैनन् । तर जब 'पापी मान्छे ३' को पोस्टर सार्वजनिक भयो त्यहाँ नत दर्शकले कुकुर र बाँदर देखे न त निखिल उप्रेतीलाई । हुनत निखिल र कुकुर बाँदर नै फिल्ममा हुनुपर्छ भन्ने छैन । फिल्मी फण्डाले निखिललाई उक्त फिल्मको बिषयमा बोल्न आग्रह गर्दा आफु कुनै पनि बाहिरी ब्यानरको फिल्मका काम गर्ने मनस्थितिमा नरहेकोले पापी मान्छे ३ को लागि अफर आएपनि नखेल्ने जवाफ दिएका छन् । उता कुकुर र बाँदर को ठाउँ पूर्ति गर्नलाई गोरिल्लालाई खेलाइँदै छ । अब उक्त गोरिल्ला रियल हुन्छ या भि एफ एक्स प्रायोग गरीन्छ त्यो त पछि नै थाहा होला । तर उक्त फिल्मलाई लिएर न त दर्शकमा कुनै उत्साह छ न त फिल्मी वृत्तमा कुनै चर्चा नै छ । 

यता लेखक मौनता श्रेष्ठले 'धड्कन २' निर्माण गर्ने भनेर फिल्मको कथा र पटकथा समेत लेखि सकेका छन् । उनले उक्त कथा निर्देशक नरेश पौडेललाई जिम्मा लगाइसकेको फिल्मी फण्डालाई जानकारी दिएका थिए । तर उक्त फिल्म अघि बढ्न भने सकेको छैन । स्रोतका अनुसार उक्त फिल्ममा पुरानै स्टारकासस्ट मध्ये निखिल बाहेक बाँकि सबै कलाकारले काम गर्न तयार भैसकेका थिए । तर निखिलले कथा चित्त नबुझेकोले थप गृहकार्य गर्र सुझाएर तत्काल फिल्ममा काम गर्न इच्चा नदेखाएपछि निर्माण टिमले उक्त फिल्म पुरै नयाँ कलाकारको साथमा निर्माण गर्ने तयारी थालेको छ । नयाँ कलाकार छनौट भैरहेको लेखक मौनताले हामीलाई जानकारी दिएका छन् । तर उक्त फिल्ममा पुरानो कास्ट नदोहोरिने भएपछि दर्शकले हामि तीन भाई र पापी मान्छे ३ लाई जस्तै बेवास्ता गर्ने पक्का छ । त्यसमाथि धड्कन  चल्नको पछाडि निखिल र अरुणिमा अनि रेखा र रमितको केमेष्ट्री र गीत संगीतको महत्वपुर्ण भुमिका थियो । तर आज धडकनको त्यो केमेष्ट्री दोहोर्याउन निर्माण टिम सफल हुने सम्भावना निकै कम छ ।

अब ब्लकबस्टर फिल्मको सिक्वेल बनाएर ब्याज खाने निर्माताहरूको दाउलाई दर्शकले भाउ नदिएपछि फिल्म बक्स अफिसमा कत्तिको सफल होला, त्यो हेर्न बाँकि छ । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech