'परस्त्री' पछि 'बगान' पनि बक्स अफिसमा पछारियो 

फिल्मी फण्डा । असार १५ गते प्रदर्शन भएको फिल्म 'परस्त्री' हलमा २ दिन पनि टिक्न सकेन, फिल्मले देशभरबाट मुस्किलले ५ लाखको शेयर कलेक्सन गरेको छ । फिल्मले प्रचारप्रसारमा गरेको खर्च पनि उठाउन सकेन । प्रिमियर सोमा पत्रकार लगायत अन्य फिल्मकर्मिले फिल्मको तारिफ गरेका थिए, तर फिल्म प्रदर्शन भएकै दिन निर्मातालाई निराश बनायो । जति तारिफ प्रिमियर सोमा भएको थियो त्यतिनै आलोचना पैसा तिरेर हलमा फिल्म हेर्ने दर्शकले गरे । अन्त फिल्म २ दिनमै अधिकांश हलबाट उत्रियो । फिल्मलाई बक्स अफिसमा कुनै पनि प्रतिस्पर्धा थिएन, न त ठुलो हिन्दी फिल्म न त नेपाली फिल्म, कुनै पनि फिल्मले परस्त्रीको ब्यापारलाई हानि गरेको थिएन । दर्शकले नै नरुचाएपछि २ हप्ताको फ्रि रन पाएको फिल्मले जम्मा जम्मी ५ लाखको सेयर कलेक्सन गरेको छ । 

यता 'परस्त्री' प्रदर्शन भएको २ हप्ता पछि अर्को नेपाली फिल्म बगान हलहरूमा प्रदर्शन भयो, दुर्भाग्यको कुरा उक्त फिल्मको हालत पनि परस्त्रीकै जस्तो भएको छ । फिल्मले अहिलेसम्म ५ लाखको पनि सेयर कलेक्सन कटाउन सकेको छैन । निर्माण टिमले फिल्म प्रदर्शन हुनुभन्दा एक दिन अघि मात्रै एक भब्य प्रिमियर सोको आयोजना गरिएको थियो । त्यहाँ पनि उपस्थित सबै पत्रकार र दर्शकले फिल्मको तारिफ गरेका थिए । जब फिल्म दर्शकमाझ पुग्यो तब दर्शकले पुरै नकारिदिए । अन्तत बगान पनि बक्स अफिसमा डिजास्टर भएको छ ।  

३ महिना देखि बक्स अफिसमा लागेको खडेरी बगानले पनि तोड्न सकेन, अब कुन फिल्मले उक्त खडेरीमा पनि बर्साउने हो त्यो त समय आएपछि नै थाहा होला । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech