विशाल भण्डारीले निर्देशन गर्ने ‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा

फिल्मी फण्डा। विशाल भण्डारीले निर्देशन गर्न लागेको रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । आयोजकले नीर शाह, अनुप बराल र ऋचा शर्मालाई ‘एक्टिङ स्टार’को जुरीको रुपमा सार्वजनिक गरेको हो ।

शोका लागि अहिले डिजिटल अडिसन चलिरहेको छ । जसका लागि एक हजारभन्दा बढीले सहभागिता जनाइसकेको निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।  ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रसारण हुनेछ । ‘एक्टिङ स्टार’का विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।

गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो । ‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech