फिल्मी फण्डा । टाइगर श्राफको प्रतीक्षित बलिउड फिल्म ‘बागी ४’ यतिबेला चर्चामा छ । फिल्मको कास्टिङलाई लिएर नयाँ खबर छ । यसमा सन् २०२१ मा मिस युनिभर्सको ताज जितेकी हरनाज कौर सन्धु पनि देखिने छिन् ।
फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । निर्माताले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै हरनाजको प्रवेशको पुष्टि गरेका छन् । निर्माताले लेखेका छन्, ‘हरनाज कौरलाई मिस युनिभर्सबाट रिबेल युनिभर्समा स्वागत छ ।’ निर्माताले हर्नाजलाई विद्रोही महिलाको रूपमा पनि नाम दिएका छन् ।
हरनाज यसअघि सन् २०२२ मा रिलिज भएको पञ्जाबी फिल्म ‘बाई जी कुटङ्गे’ र २०२३ मा रिलिज भएको ‘याराँ दिन पन बारां’मा देखिएकी थिइन् । ए हर्षको निर्देशनमा बन्ने ‘बागी ४’ मा सोनम बाजवा पनि देखिनेछिन् ।
टाइगर श्राफले हालै सोसल मिडिया प्लाटफर्म इन्स्टाग्राममा सोनम बाजवाको तस्वीर सेयर गरेका छन् । उनले लेखेका छन्, ‘विद्रोही परिवारमा स्वागत छ, बागी ४ मा सोनमको प्रवेशलाई लिएर म निकै उत्साहित छु ।’