१२ वर्षपछि आमा बनिन् अभिनेत्री राधिका आप्टे

फिल्मी फण्डा। बलिउड अभिनेत्री राधिका आप्टे १२ वर्षपछि उनी आमा बनेकी हुन् । उनले छोरीलाई जन्म दिएकी हुन् । 

उनले सामाजिक संजाल इष्टाग्राम मार्फत एक तस्बिर सार्वजनिक गर्दै आफू आमा बनेको जानकारी दिएकी हुन् । 

सार्वजनिक तस्बिरमा उनी आफ्नी छोरीलाई ब्रेस्टफिडिङ गरिरहेकी देख्न सकिन्छ । उनी आमा एकसाता पहिले भएको बताएकी छन् ।

राधिका आप्टेले २०१२ मा ब्रिटिश म्युजिक कम्पोजर बेनेडिक्ट टेलरसँग विवाह गरेकी थिइन् । उनीहरूको सन् २०११ मा लन्डनमा भेट भएको थियो ।

राधिका आमा बनेको घोषणासँगै सामाजिक सञ्जालमा उनलाई धेरैले बधाई दिइरहेका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech