फिल्मी फण्डा । उप्पलापति वेंकट सूर्यनारायण प्रभास राजु को मेगा बजेट फिल्म 'प्रोजेक्ट के' बाट पहिलोपटक नायिका दीपिका पादुकोणको पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा दीपिकालाई इन्टेन्स लुक्स देखाइएको छ । २०२४ को जनवरी १२ मा विश्वव्यापी प्रदर्शन हुने फिल्म 'प्रोजेक्ट के' को टाइटल २१ जुलाई अर्थात् आगामी शुक्रबार रिलिज हुदै छ । अमेरिकामा एक विशेष कार्यक्रमको आयोजना गर्दै फिल्मको टाइटल सार्वजनिक गर्न लागिएको हो ।
अश्विन दत्तको निर्देशन रहेको फिल्मलाई वैजयन्ती भुमिजले निर्माण गर्दै छ । फिल्म निकै महंगो लागतमा निर्माण हुन गइरहेको छ । उक्त फिल्ममा प्रभास र दीपिकाको अलावा भारतीय महानायक अमिताभ बच्चन, तमिल फिल्मका सुपरस्टार कमल हसन लगायत कलाकारको मुख्य भुमिका रहने छ । स्रोतका अनुसार कमल हसन फिल्ममा खलनायकको भुमिकामा देखिने छन् ।