फिल्मी फण्डा । बिग बजेट तेलुगु फिल्म 'प्रोजेक्ट के' को भोली शुक्रवार अफिसियल टाइटल सार्वजनिक हुदै छ । निर्माण टिमले टाइटल अगाडि फिल्मको मुख्य कलाकारको पोस्टर सार्वजनिक गरीरहेको छ । त्यसै क्रममा १९ तारिख अर्थात् मंगलवार प्रभास फिचर्ड पोस्टर सार्वजनिक भएको छ । तर पोस्टर सार्वजनिक भएलगत्तै निकै ट्रोल र आलोचनाको सिकार भैरहेको छ । फिल्मको पोस्टर ठ्याक्कै २०१३ मा प्रदर्शन भएको हलिउड फिल्म 'आइरन म्यान ३' सँग मिल्छ । रोबर्ट ड्वानी जुनियर फिचर्ड उक्त पोस्टर र प्रभास फिचर्ड यस पोस्टरमा धेरै समानता हरु छन् । जसको कारण दर्शकले ट्रोल गरेका हुन् । धेरैले उक्त पोस्टरलाई फ्यान मेड पोस्टर भन्दा पनि झुर रहेको टिप्पणी गरेका छन् भने धेरैले फोटोसपबाट बनाएको पोस्टर भन्दै मजाक उडाएका छन् ।
फिल्म प्रोजेक्ट के बाट १८जुलाईमा दीपिकाको पोस्टर सार्वजनिक भैसकेको छ । उक्त पोस्टरले पनि दर्शकमाझ खास उत्सुकता बढाउन भने सकेन । नाग अश्वामी निर्देशित फिल्ममा प्रभास र दीपिकाको अलावा अमिताभ बच्चन, कमल हसन, दिसा पटानी लगायत कलाकारको मुख्य भुमिका रहेको छ । २०२४ को जनवरी १२ मा विश्वव्यापी प्रदर्शन हुने भनिएको फिल्मलाई विनयन्ती मुभिजले निर्माण गरेको हो ।