पल शाह इफेक्ट : बन्द भयो सन्दिपको 'ह्वाट द फ्लप' सो

फिल्मी फण्डा । कान्तिपुर टेलीभिजन बाट प्रसारण हुदै आएको कमेडियन सन्दिप क्षेत्रीको कार्यक्रम 'ह्वाट द फ्लप' सो को निर्माण तथा प्रसारण दुबै बन्द हुने भएको छ । 'ह्वाट द फ्लप' को पछिल्लो एपिसोडमा संवेदनशिल बिषयलाई हँस्सी मजाकको रुपमा प्रस्तुत गरेको भन्दै कडा आलोचना भएको थियो । उक्त एपिसोडको ब्यापक बिरोध भएपछि संस्थाले कार्यक्रमलाई युट्युबबाट समेत हटाएको थियो । तर आज अफिसियल विज्ञप्ति जारी गर्दै संस्थाले उक्त कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । 

के भएको थियो त उक्त एपिसोडमा ?

कार्यक्रम प्रस्तोता सन्दिप लामिछानेले  कलाकार पल शाहलाई बोलाएका थिए । कार्यक्रममा सन्दीपले पल सँग जेल जीवनको बिषयमा सोध्न सुरु गरे, पल शाहले आफ्नो जेल जीवनबारे बताउँदै गर्दा सन्दिप मुर्छा परि हाँस्न थालेका थिए । मानौ कि पलले कुनै हाँस्य कथा सुनाउँदै थिए । दर्शकले १ बर्ष जेलमा जिवन बिताएर फर्केको मान्छेलार्ई कार्यक्रममा बोलाई महिलाको अपमान, अपराधलाई हँस्सीमजाक गरी हलुका रुपमा प्रस्तुत गरेको भन्दै चर्को आलोचना गरे। सन्दिपको हाँसो पलको कहानी सँग पटक्कै फिट भएको थिएन, दर्शकले उनि जबरजस्ति हाँसेको महशुस गरे । उनि पुरै कमेडी मुडमा थिए, तर उक्त बिषय दर्शकका लागि भने कमेडी थिएन । त्यसैले उक्त कार्यक्रम प्रशारण भए लगत्तै दर्शकले सन्दीपलाई ट्रोल गर्न सुरु गरे । युट्युब कमेन्टमा गालीको बर्षा सुरु भयो। अन्तत पब्लिक प्रेसरको कारण संस्था कार्यक्रम बन्द गर्न बाध्य भयो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech