'मायाबी' फिल्मको नयाँ गीत 'सितारा जडेको' सार्वजनिक

फिल्मी फण्डा । अगामी फाल्गुन १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'मायाबी' को नयाँ गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ। यस गीतमा दिक्षित पौडेल र समिरा थपलियोले स्वर दिएका छन्। शम्भुजित बास्कोटाले संगीत र दयाराम पाण्डे र दिवाकर भट्टराइले शब्द लेखेका छन्। गीतको कोरियोग्राफी दिवाकर भट्टराइले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पल शाह, दीपिका प्रसाँई, समिम खान, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतको अडियो कर्णप्रिय छ र यसले बिहे र बिदाइको भावुक पललाई सजीव बनाएको छ।

फिल्मको निर्देशन र लेखन दिवाकर भट्टराइले गरेका हुन्, र राजु विक्रम थापाको डीओपी र मिलन श्रेष्ठको सम्पादन पनि फिल्मको प्रमुख विशेषता हो। यस चलचित्रमा लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरूले अभिनय गरेका छन्।

चलचित्रको लगानी ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तले गरेका छन् भने मञ्जु भण्डारी, राजु पराजुली र सुमिन ओली सह–निर्माताका रूपमा कार्यरत छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech