४ महिना यता खडेरी लागेको हलमा भदौ देखि बाढी आउने हलवालाको अपेक्षा

फिल्मी फण्डा । गत बैशाख १ गते प्रदर्शन भएको जारी फिल्मबाहेक त्यसपछि प्रदर्शनमा आएका बाँकि सबै फिल्म बक्स अफिसमा पानि पनि माग्न नपाइ पछारिए, त्यतिले मात्रै नपुगेर आशा गरिएका १ दर्जन विदेशी फिल्मले पनि निराशाजनक प्रदर्शन गरे । २ हप्ता अघिबाट प्रदर्शनमा आएको नेपाली फिल्म बगानले भने थोरै भएपनि कमाइ गरीरहेको छ । यसरी हेर्दा पछिल्लो ४ महिना बक्स अफिसमा सुख्खा खडेरी लागेको भन्दा फरक नपर्ला ।

फिल्मको ब्यापार मा मात्रै नभएर प्रदर्शनमा पनि खडेरी लागिरहेको अवस्थामा आगामी भदौ महिनाबाट भने फिल्म प्रदर्शनको बाढी आउने भएको छ । अहिलेसम्म भदौं महिनाको लागि झण्डै १ दर्जन फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् । महिनाको सुरुवात देखिनै फिल्म प्रदर्शन गर्न तँछाडमछाड गरिरहेका छन् निर्माताहरू, यस महिनामा विभिन्न पर्वहरु र छुट्टि हरु पर्ने भएकोले निर्माताहरु ब्यापार राम्रो हुने आशाले भदौमा फिल्म प्रदर्शन गर्न लालायित हुने गर्छन् । अब ति फिल्मले प्रदर्शनमा मात्रै बाढी ल्याउँछन् कि बक्स अफिसमा पनि बाढी ल्याउँछन् त्यो हेर्न भदौ महिना कुर्नु पर्छ । 

तर वास्तवमा राम्रो फिल्महरु जुनसुकै महिनामा पनि चल्ने गरेका धेरै उदाहरणहरु छन्, तर अधिकांश निर्माताहरूमा रहेको भ्रमको कारणले एकै महिनामा प्रत्येक हप्ता २ देखि ३ फिल्महरु बक्स अफिसमा भिड्न बाध्य हुन्छन् । जसको कारण एक फिल्मले अर्को फिल्मको ब्यापारमा भारी नोक्सान गर्ने सम्भावना हुन्छ । त्यसैले नेपाली निर्माताहरूले विदा र छुट्टीको समय कुर्नु भन्दा फिल्म राम्रो बनाए प्रदर्शन गर्न सहज हुन्थ्यो कि ?

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech