फिल्म 'ताण्डवम्'को ट्रेलर आज सार्वजनिक

फिल्मी फण्डा। फिल्म 'ताण्डवम्'को ट्रेलर आज सार्वजनिक भएको छ। २ मिनेट ५ सेकेन्ड लामो ट्रेलरले बदलाको कथा प्रस्तुत गरेको छ। यो सिनेमा नवविवाहित जोडीको कथामा आधारित छ, जसले आफ्नो पहिलो सन्तानलाई जन्म दिने तयारी गरिरहेका बेला अकल्पनीय घटनाहरूले ल्याउने उतारचढावलाई पारिवारिक र एक्सन थ्रिलर शैलीमा प्रस्तुत गर्दछ।

निर्देशक जुनिम गहतराजको डेब्यु निर्देशनमा निर्माण भएको यस सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, र गोपाल कटुवालले अभिनय गरेका छन्।

सिनेमाको निर्माता धनकुमारी गहतराज, सविना मगर, र मनिष गौतम हुन्। सिनेमाटोग्राफी हरि घले लामाले गरेका छन् भने एक्सन निर्देशन सम्राट बस्नेतले गरेका छन्। संगीत सुशान्त गौतमले दिएका छन् र कोबिद बज्रले ब्याग्राउण्ड म्युजिक तयार पारेका छन्।

कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका छन्। सिंहदेवी प्रोडक्सन र भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरिएको यो सिनेमा फागुन ९ गते रिलिज हुने तयारीमा छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech