फिल्मी फण्डा। हरिवंश आचार्य अभिनित चलचित्र "भूठान" को टिजर सार्वजनिक भएको छ। यो चलचित्रले भुटानी आप्रवासीको संघर्ष र मानसिक अवस्थालाई चित्रित गरेको छ। हरिवंश आचार्यको नयाँ अवतारले दर्शकलाई मोहित पार्नेछ।
टिजरमा दयाहाङ राई र रिचा घिमिरेका चरित्रहरूबीचको विवाद, समलैंगिक सम्बन्धको प्रस्तुति, र ब्रूस डर्नको विशेष भूमिका देख्न पाइन्छ। सुसन प्रजापतिको उत्कृष्ट छायांकनले चलचित्रलाई अन्तराष्ट्रिय स्तरको बनाएको छ।
निर्देशक विनोद पौडेलको यो दोस्रो चलचित्र हो, जसमा नेपाली र हलिउडका प्राविधिकहरूले सँगै काम गरेका छन्। "भूठान" वैशाख १२, २०८२ मा संसारभर प्रदर्शनमा आउनेछ।