फिल्म 'गणपति'को ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । फिल्म गणपतिको अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । ट्रेलर अनुसार फिल्म सामाजिक कथावस्तुमा आधारित रहेको छ । ट्रेलरमा ग्रामीण क्षेत्रको समसामयिक बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरीएको छ । फिल्मको ट्रेलरले गाउँघरमा परम्परा र धर्मको बिषयमा हुने आस्था र विश्वासलाई समेटेको छ ।

लक्षमण रिजालको निर्माण तथा र सविन अधिकारीको निर्देशन रहेको फिल्ममा सुशिल पोखरेल, राजाराम पौडेल, मुकुन भुसाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सुर्यमाला शर्मा, जयनन्द लामा, पुस्कर गुरुङ लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । 

आगामी भदौ १४ गतेबाट रिलिज हुने फिल्मलाई श्रीराम बालाजी फिल्मस् र एफ डि कम्पनि मिलेर बितरण गर्नेछन् । फिल्मलाई लिएर अर्को रोचक कुरा के छ भने फिल्मका मुख्य नायक मुकुन भुसालकै अर्को फिल्म ऐंचो पैंचो पनि भदौ १४ मै रिलिज हुँदै छ । ऐंचो पैंचोको ट्रलेर हिजो मात्रै सार्वजनिक गरीएको थियो । दुबै फिल्मको ट्रेलर एकै युट्युव च्यानलबाट रिलिज गरीएको छ । उता दुबै फिल्ममा हास्य कलाकार राजाराम पौडेल पनि देखिएका छन् । एकै कलाकारको २ फिल्म एकैदिन रिलिज हुने भएपछि सबैले भदौ १४ गतेलाई रोचक रुपमा हेरिरहेका छन् । 

फिल्मको ट्रेलर ओ एस आर डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech