राष्ट्रिय अवार्डमा हरिवंश र दीया उत्कृष्ट

फिल्मी फण्डा । नेपाल सरकारको तर्फबाट चलचित्र विकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह अर्थात राष्ट्रिय अवार्डमा उत्कृट अभिनेतातर्फ हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्रीतर्फ दिया मास्केले अवार्ड उचालेकी छन् । 

फिल्म महापुरुषबाट हरिवंश आचायलै उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । यस्तै फिल्म प्रकाशबाट उत्कृष्ट अभिनेत्री घोषित दिया पुन भने कार्यक्रममा उपस्थित भईनन् । यस्तै उत्कृष्ट निर्देशकमा फिल्म प्रकाबाटै निर्देशक दिनेश राउत घोषित भए । लेखन विधाको अवार्ड भने  ‘चिसो मान्छे’बाट दीपेन्द्र के. खनालले हात पारे । उत्कृष्ट फिल्मको अवार्डको क्याटागोरी नै समारोहमा गायब भएको थियो ।

यस्तै समारोहमा बरिष्ठ कलाकार अभिनेता शिव सुन्दर श्रेष्ठ (शिव श्रेष्ठ) र बरिष्ठ कलाकार लक्ष्मी कुमारी पौडेल (लक्ष्मी गिरी)लाई दिर्घ साधना अवार्ड प्रदान गरिएको छ । निर्णायक समितिमा राजेन्द्र शलभ संयोजक, सरिता गिरी, शिवम् अधिकारी, चेतन सापकोटा र अनुप भट्टराई सदस्य रहेका थिए ।


बाँकी अवार्ड विजेताहरुको सूची :
उत्कृष्ट लेखन (कथा, पटकथा, सम्वाद)  -  दिपेन्द्र के। खनाल, चिसो मान्छे
उत्कृष्ट छायाङ्कन - पुरूषोत्तम प्रधान, लप्पन छप्पन-२
उत्कृष्ट सम्पादन - निमेष श्रेष्ठ, दोख
उत्कृष्ट अभिनेत्री - दिया मास्के, प्रकाश
उत्कृष्ट अभिनेता - हरिवंश आचार्य, महापुरूष
उत्कृष्ट निर्देशक  - दिनेश राउत, प्रकाश
उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी)  - हुलन छ्याँबा (देशै राम्रो) गुरूङ भाषा, मुनाल फिल्म प्रा.लि.
निर्णायक विशेष छनोट   -  ऐना झ्यालको पुतली, लोकल सिनेमा प्रा.लि. 
निर्णायक विशेष छनोट  - गोर्खा विनिथ द ब्रेभरी, साई प्रोडक्सन प्रा.लि. 
२०७८ विशेष फिल्म  - टुल्की, द पाल्म ग्रुप प्रा.लि.
२०७८ विशेष फिल्म  - निरमाया, मदानी मुभि एण्ड ईन्टरटेन्मेन्ट प्रा.लि.
२०७० विशेष फिल्म  - बुलाकी, छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.
२०७९ विशेष फिल्म  - प्रसाद २, सुलभ फिल्मस् प्रा.लि.
२०७९ विशेष फिल्म  - चिसो मान्छे, डि.एस. डिजिटल प्रा.लि.

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech