फिल्मी फण्डा । ठमेलस्थित लोकप्रिय नाइट क्लब ‘टेन एक्स क्लब’ ले आफ्नो चौथो वार्षिकोत्सव (एनिभर्सरी) भव्य रूपमा मनाउने भएको छ। आउँदो असोज ३० गते बिहीबार (अक्टोबर १६) विशेष कार्यक्रमसहित एनिभर्सरी सेलिब्रेशन हुने क्लबले जानकारी दिएको छ।
वार्षिकोत्सवको अवसरमा विभिन्न सांगीतिक समूह र कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रममा दि जेनेसिस ब्याण्ड, स्पाइसी एन्जल्स साथै अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानी ले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन्।
क्लबका सीईओ पौरख मर्दन बस्न्यात का अनुसार, विगतका वर्षहरूझैँ यो वर्षको एनिभर्सरीलाई पनि भव्य र सभ्य रूपमा मनाउने तयारी पूरा भएको छ। उनका शब्दमा, “हामीले सधैं ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव दिलाउँदै आएका छौं। यो वर्षको एनिभर्सरीमा त्यो अनुभवलाई अझ उचाइमा पुर्याउने छौं।”
चार वर्षअघि ठमेलको जिस्ट्रिट क्षेत्रमा सञ्चालनमा आएको क्लब टेन एक्सले छोटो अवधिमै उच्चस्तरीय मनोरञ्जन स्थलको पहिचान बनाउन सफल भएको छ। बस्न्यातका अनुसार क्लबमा हाल ५० भन्दा बढी कर्मचारी कार्यरत छन्।
गत वर्षहरूमा क्लब टेन एक्समा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू लगायतका चर्चित नेपाली कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिइसकेका छन्। बस्न्यात भन्छन्, “तीन वर्षको अवधिमा हामीले पार्टी प्रेमीहरूको चाहना पूरा गर्दै आएका छौं र यो वर्षको एनिभर्सरीले त्यो अनुभवलाई अझ विशेष बनाउनेछ।”
ठमेलको नाइटलाइफमा छुट्टै रौनक थप्दै आएको क्लब टेन एक्सले यसपटकको चौथो एनिभर्सरीलाई स्मरणीय र अन्तर्राष्ट्रिय स्तरको आयोजनाको रूपमा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।