फिल्मी फण्डा। गायिका तथा अभिनेत्री सारिका घिमिरेको नयाँ गीत ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरिएको छ।
यसअघि ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि उनले सोही श्रृंखलाको नयाँ भाग ल्याएकी हुन्। गीतमा सारिकाकै शब्द, संगीत र स्वर रहेको छ भने मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
केशवराज भट्टको निर्देशनमा तयार भएको भिडियोमा करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोमा सारिका घिमिरेसँगै सौर्य तिरुवा र जेरी भण्डारीको अभिनय देख्न सकिन्छ।
प्रेमविछोडको भाव बोकेको गीत सार्वजनिक भएको छोटो समयमै दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीत सारिकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
डेढ दशकदेखि गायन, अभिनय र मोडलिङमा सक्रिय घिमिरे पछिल्लो समय गायिकाका रूपमा थप चर्चामा रहँदै आएकी छन्।