संगीत रोयल्टी अब बैंक खातामै, समाजले गर्‍यो वितरण

फिल्मी फण्डा । संगीत रोयल्टी संकलन समाज नेपालले गीतकार तथा संगीतकारहरूलाई संकलित रोयल्टी वितरण गरेको छ। टिकटक, रेडियो, यातायात, होटल तथा स्वदेश–विदेशबाट संकलित रकम सदस्य स्रष्टाहरूलाई प्रदान गरिएको हो।

समाजको १९औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा रोयल्टी वितरण गरिएको हो।

समाजमा दर्ता भएका गीतकार, संगीतकार तथा प्रकाशकहरूले आफ्ना सिर्जनाबाट संकलित रोयल्टीको विवरण वेबसाइट mrcsn.org मार्फत हेर्न सक्ने व्यवस्था पनि गरिएको छ। अब स्रष्टाहरूले आफूले चाहेको समयमा उक्त रकम आफ्नै बैंक खातामा प्राप्त गर्न सक्ने समाजले जनाएको छ।

कार्यक्रममा रोयल्टी संकलन प्रक्रिया, मापदण्ड र विभिन्न क्षेत्रबाट हुने आम्दानीबारे जानकारीमूलक प्रस्तुति समेत दिइएको थियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech