विधा लुकाइएको विषयमा दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी

फिल्मी फण्डा– राष्ट्रिय चलचित्र पुरस्कारमा ‘सर्वश्रेष्ठ फिल्म’ विधा लुकाइएको विषयमा दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले विपक्षी चलचित्र विकास बोर्डलाई सर्वश्रेष्ठ फिल्मको विधा हटाउनुको कारण माग गरेको हो । 

इजलासले अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र झिकाउन समेतको विपक्षीको नाममा आदेश दिएको छ ।

पुरस्कार आयोजक संस्था चलचित्र विकास बोर्डलाई विपक्षी बनाइ फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले बिहीबार रिट दायर गरेका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech