गतवर्ष  वैवाहिक जीवनमा बाँधिएकी रेखा यसवर्ष आमा बन्दै 

फिल्मी फण्डा । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । गतवर्ष प्रेमी बलराम शाहीसँग वैवाहिक जीवनमा बाँधिएकी उनले फागुन–चैततिर सन्तानलाई जन्म दिन लागेकी हुन्। 

भविष्य पनि गजबको ‘उपहार’ हो, जो नआउँदै हामीलाई किस्ता किस्तामा खुसी पठाइदिन्छ,’ मंगलबार पतिसँगको तस्बिरमा उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । 

रेखा पछिल्लो समय ‘उपहार’ निर्माण अभिनय गरिरहेकी छन् । उनको पेटमा ५ महिनाको सन्तान हुर्किरहेको छ । फिल्म ‘उपहार’को अहिले काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech