फिल्मी फण्डा– हलिउड लेखकहरुको हड्ताल टुंगिएको छ । राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले बुधबार वक्तव्य जारी गर्दै युनियनका नेताहरुले हड्ताल अन्त्य गर्न र प्रतिबन्धको आदेश हटाउने निर्णयमा सर्वसम्मत रुपमा मतदान गरेको जनाएको छ ।
हड्ताल टुंगिएपछि संस्थामा आबद्ध ११ हजार ५०० सदस्यले तलब सुविधा वृद्धि गर्ने र कृत्रिम बौद्धिकता (एआई)बाट संरक्षण गर्नको लागि तीन वर्ष लामो सम्झौतालाई अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा मतदान गर्नेछन् ।
कलाकारको हड्ताल भने यथावत छ ।
गत मे २ देखि सुरु भएको लेखकको हड्ताललाई हलिउडलाई सर्वाधिक असर तुल्याउने दशककै लामो हड्तालको रुपमा अर्थ्याइएको छ । लेखकले तलब सुविधामा वृद्धि र कृत्रिम बौद्धिकता (एआई)को मुद्दालाई लिएर हड्ताल गरिरहेका थिए ।