फिल्मी फण्डा– टाइगर श्राफ, कृति सेनन र अमिताभ बच्चन स्टारर बलिउड फिल्म ‘गणपत’को एक्सन–प्रधान टिजर सार्वजनिक भएको छ । नेपाली बक्स अफिसमा यो फिल्मको भिडन्त विपिन कार्की स्टारर ‘भष्मे डन’सँग हुँदैछ ।
‘गणपत’मा ‘हिरोपन्ती’ जोडी टाइगर र कृतिलाई पुनः एकसाथ देख्न पाइनेछ । निर्माताले सार्वजनिक गरेको टिजरमा टाइगर र कृति दुवै एक्सन भूमिकामा जमेका छन् । एक्सन फिल्म रुचाउने दर्शकलाई यो फिल्म पक्कै पनि रुचिकर हुन सक्छ ।
यो टिजरले फिल्मको कथावस्तुलाई लिएर केही संकेत गर्छ । आक्रमणकारीको कुनै समूहसँग टाइगरले लडाइँ लड्नुपर्छ । टिजरको अन्त्यमा टाइगरको एक संवाद छ, जसलाई फिल्मको बटमलाइन मानिएको छ । उनी भन्छन्, ‘जब आफ्नाको कुरा आउँछ तब आफ्नैको हात जान्छ ।’
यो फिल्मलाई डिस्पोटियन स्पोर्ट्स एक्सन सिनेमा भनिएको छ । विकास बहल निर्देशित यो फिल्म नेपाली क्यालेन्डरअनुसार दशैंको फूलपातीमा रिलिज हुँदैछ ।