के अब ज्याकलिन हलिउडतिर हानिएकी हुन त ? 

फिल्मी फण्डा– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस सामाजिक सञ्जालमा हलिउड अभिनेता जीन क्लाउड भान डम्मेसँग देखिएकी छिन् । पोस्ट हेरेपछि अभिनेत्रीको हलिउड एन्ट्रीको चर्चा सुरु भएको छ । दीपिका पादुकोण र आलिया भट्टपछि ज्याकलिन पनि हलिउड जाने तयारीमा रहेको भन्दै फ्यान प्रतिक्रिया दिइरहेका छन् ।

ज्याकलिन र क्लाउडको तस्वीर हेरेपछि सबैले अनुमान लगाउन खोजिरहेका छन् कि यी दुईबीच के पाकिरहेको छ  साथै अभिनेत्रीले पोस्टसँग लेखिएको क्याप्सनमार्फत केही संकेत पनि दिएकी छिन् । तस्वीर सेयर गर्दै उनले लेखेकी छन्, ‘विथ भान डम, यो सहकार्यको लागि अरु पर्खन सक्दिनँ ।’

पोस्टमा कमेन्ट गर्ने फ्यानले ज्याकलिनले फिल्म वा अन्य कुनै प्रोजेक्ट गर्न लागेको भन्दै प्रश्न सोधेका छन् । एक जना फ्यान लेख्छन्, ‘ओ उससँग ज्याकलिन कसरी पुगिन् ? केही हुन लागेको जस्तो देखिन्छ । जबकि अर्कोले लेखे, विश्वास गर्न सक्दिन । अर्को फ्यानले लेखे, राम्रो सहयोग ।’

अभिनेत्रीको पोस्टमा वरुण धवनले पनि प्रतिक्रिया दिएका छन् । वरुणले पहिले नै ज्याकलिनलाई जीनसँग काम गर्नका लागि शुभकामना दिएका छन् । यो पोस्ट हेरेर फ्यानले अब उनी हलिउड जान सक्ने अनुमान गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech