फिल्म ‘फर्की फर्की’मा अब अनमोलसँगै समृद्धि र रवि पनि 

फिल्मी फण्डा– अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत यी कलाकार छनौट गरेको हो ।

सुयोग गुरुङको निर्देशन रहेन फिल्म रोहित अधिकारी र ओम गुरुङको लगानीमा बन्न लागेको हो । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहेका छन् ।

फिल्मको छायाङ्कन तिहारको लक्ष्मीपूजा (कार्त्तिक २६) बाट सुरु  हुँदै छ । नरेन्द्र मैनालीको छायाङ्कन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech