परदेशीहरुको कथामा बनेको फिल्म  ‘परदेशी २’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

फिल्मी फण्डा– आगामी शुक्रबारबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘परदेशी २’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी र प्रशान्त तामाङलाई देखाइएको छ । 

पैसा कमाउन विदेश हिडेको प्रकाशको पात्रमार्फत ट्रेलर सुरु हुन्छ । प्रशान्त तामाङ ‘परदेशी २’ मा पनि लाहुरेको भूमिकामा देखिएका छन् ।   ‘गोर्खापल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्र बनाईसकेका निर्देशक नारायण रायमाझीले यो फिल्ममा विदेश जाँदा बन्ने र भत्किने सम्बन्धलाई देखाउँन खोजेका छन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech