‘महागफाडी’का लागि १८ जना प्रतिस्पर्धीको भिडन्त हुने

फिल्मी फण्डा–  टेलिभिजन रियालिटी सो ‘महागफाडी’का लागि १८ प्रतिस्पर्धी छानिएका छन् ।  डिजिटल अडिसनमा छानिएका १०० प्रतिस्पर्धीबाट फिजिकल अडिसनका लागि १८ प्रतिस्पर्धी छानिएका हुन ।

छानिएका प्रतियोगीतमा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरी गजुरेल, हुकुम बाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, दिल्ली राज अधिकारी, कर्मा लामा र निरोज त्वायाना रहेका छन् ।

प्रतियोगीताको अवको राउण्ड टेलिभिजनबाट टप १८ देखि सुरु हुनेछ । टप १८ बाट एकसम्म पुगेर विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।  शोको सिजन अवधिभर आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ‘महागफाडी’को रूपमा प्रस्तुत गर्नुपर्ने छ ।

‘महागफाडी’को निर्णायक मण्डलमा वरिष्ठ हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन् । अभिनेता कामेश्वर चौरासिया कार्यक्रमको संचालकमा रहेका छन् । 

‘महागफाडी’को शिर्ष विजेताले १५ लाख नगद तथा सवारी साधन, फष्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेण्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौँ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech