फिल्मी फण्डा– काठमाडौँको बिग मुभिज र नारायणगढको जलमा हल पुरस्कृत भएका छन् । चलचित्र निर्माता सङ्घले सोमबार आफ्नो १७ औँ वार्षिक साधारण सभामा यी हललाई नेपाली फिल्म चलाएर धेरै आम्दानी गरेको भन्दै सम्मान गरेका हो ।
बिग मुभिजले ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाएको थियो भने उपत्यका बाहिर नारायणगढको जलमा हलले ६७ लाख रुपैयाँ ग्रस कमाएको थियो ।
यी दुई हललाई सञ्चार सचिव कृष्णबहादुर राउतले सम्मान प्रदान गरे । हलका तर्फबाट बिग मुभिजका दीपेश शर्मा र जलमा हलका वीरेन्द्रनारायण श्रेष्ठले सम्मान ग्रहण गरेका थिए ।