मल्लिका र नाजिरले साइन गरे 'अगस्त्य'

फिल्मी फण्डा । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्धित  भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मल्लिका महतसँग सम्झौता गरेको हो । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने बताइएको हो । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।

24F82375-9A94-48A8-B15C-5DC37A899B32.jpeg

सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । यी तीनै जना कलाकारले पहिलो पटक एकअर्कासँग काम गर्न लागेका हुन् । तर, मल्लिका फिल्ममा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । यी तीन जना कलाकारलाई एकसाथ पर्दामा हेर्न दर्शकका लागि रोचक हुनेछ । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्मको कथा चौधरी स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुने जानकारी छ । राजेश श्रेष्ठले फिल्म खिच्नेछान्न ।

फिल्मका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए । फिल्ममा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहने चौधारीले जानकारी दिए । निर्माण टिम चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा छ । आगामी बैशाख अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech