फिल्मी फण्डा । नेपाली फिल्म 'ह्रस्व दीर्घ'को यतिबेला रामोजी फिल्म सिटिमा छायांकन भैरहेको छ । भव्य सेट लगाएर भव्यताकासाथ् छायांकन भैरहेको फिल्मको सेटबाट तस्बिरहरु सार्वजनिक भैरहेको छ ।

अभिनेत्री नीता ढुंगानाले साउथ स्टार ब्रम्हानन्दम र अलि बासासंग खिचेको तस्बिर सार्वजनिक भएको छ भने उनीहरुको दुईको लूक्स पनि सार्वजनिक भएको छ ।
फिल्म सिटीमा आज तेस्रो दिनको छायांकन भैरहेको छ । छायांकन सेटबाट बाहिरिएको तस्बिरमा ब्रम्हानान्दमले ढाका टोपी, कुर्ता र धोती लगाएर पण्डितको रुपमा छन् भने अलिको भारतीय लूक्स छ । उनले कुर्ता, पजामा र जरिकोट लगाएका छन् । यता नेपाली कलाकार रविन्द्र झा पनि पनडितकै लूक्समा छन् ।

जे होस्, सिनेमाको भव्यताका साथ अब १२ दिन सम्म रामोजी फिल्म सिटीमा छायांकन गरेर ह्रस्व दिर्घको छायांकन आग्रामा हुनेछ, त्यसपछि नेपालका केहि स्थानमा छायांकन सकेर फेरी मुम्बईमा छायांकन हुने हरिहरले जानकारी दिएका छन् । विश्व प्रसिद्ध फिल्म सिटिमा भव्यताका साथ छायांकन भएको यो पहिलो फिल्म हो । नीता फिल्म्सको व्यानरमा निर्माण हुने यो फिल्मलाई लिएर हरिहर र नीता उत्शाहित छन् ।