फिल्मी फण्डा । बिबाह गरेको एक बर्षपछि नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा बुबाआमा बन्ने भएका छन् । मंगलबार बेलुका टिकटकबाट उनीहरुले बुबाआमा बन्न लागेको जानकारी दिएका छन ।

आफूहरु अभिभावक हुन लागेको खुसी साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुसी साटेको देख्न सकिन्छ ।
साथै भिडियोमा प्रेगनेन्सीको भिडियो एक्सरेको रिपोर्टलाई पनि देखाइएको छ ।
करिश्माले आफू आमा बन्न लागेको जानकारी दिंदै टिकटकमा लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं । अब तिमीलाई प्राप्त गर्दैछौं । हामीसँग सबथोक छ । सलोमा ।’ ह्यासट्याग सलोमा लेख्दै करिश्माले बच्चाको नामाकरण पनि गरेको देखिन्छ ।
करिश्माको उक्त प्रेगनेन्सी घोषणाको टिकटक भिडियोमा फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् ।