जेल जीवनपछिको पल शाहको पहिलो फिल्म ‘मायावी’को छायाङ्कन सकियो,के यो फिल्म उनको लागि टर्निङ पोइन्ट बन्ला त ?

फिल्मी फण्डा ।  दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘मायावी’को छायाङ्कन सकिएको छ । मुस्ताङ र पोखराका विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको पहिलो चरण र दोस्रो चरण गरी करिब २ महिनामा छायाङ्कन सकिएको हो । 

फिल्मको छायाङ्कन सकिएको अवसरमा निर्माणपक्षले केक काटेर खुसी साटेको थियो ।  शनिबार बिहान २ बजे फिल्मका मुख्य कलाकार र प्राविधिकहरूले इन्ड क्ल्याप गरेका थिए ।  

यो फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डङ्गोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईं लगायतका कलाकारको मुख्य भूमिका छ ।

फिल्ममा राज कटुवाल र चन्द्र पन्तको लगानी छ । फिल्मको सह–निर्माताको रूपमा राजु पराजुली, रमा प्रसाईं र नभ्नित झा छन् । फिल्मका कार्यकारी निर्मातामा प्रवीण भट्टराई र करण सिंह छन् भने सहयोगी निर्माताको रूपमा अम्बरीश कश्यप छन् । 

क्रियटिभ सिने आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत छ । जेल जीवन बिताएपछिको पल शाहको यो पहिलो फिल्म हो । उनी फिल्मलाई लिएर निकै आशावादी छन ।  उनको भविष्य यो फिल्मले निर्धारण गर्ने फिल्मकर्मी बताउँछन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech