फिल्मी फण्डा । अभिनेत्री सुष्मा कार्किले आफ्नो वर्थडे धुमधाम मनाउने गर्छिन् । यसपाली पनि उनले आफ्नो वर्थडे सधाझै धुमधामका साथ मनाइन् ।
काठमाडौँको 'दि एड्रेस लाउन्ज'मा मंगलबार उनले आफन्त, साथिभाई र केही सेलेब्रीटीका साथ उनले वर्थडे मनाईन् । सुष्मको वर्थडेमा दुई ठुला ठुला केक थिए । एउटामा सुष्माको तस्बिर थियो भने एउटामा वलिउड अभिनेता सलमान खानको थियो । सुष्माले आफ्नो तस्बिर भएको केक सुरुमा काटिन् । सलमानको तस्वीर भएको केक काट्ने बेला भने सुष्माले सलमानको फोटो भएको ठाउँ काट्न् मानिनन् ।
सुष्माको वर्थडेमा अभिनेत्री करिष्मा मानन्धर आफ्नी छोरी कबिता मानन्धरलाई लिएर पुगेकी थिइन् भने रीमा विश्वकर्मा, सुरबिना कार्की पनि पुगेका थिए । करिष्मा, रीमा र सुरबिनाले निकै बेर मज्जाले नै डान्स समेत गरेका थिए ।
सुष्मा, ३७ पूरा भएर ३८ लागेकी छन् । सुष्माले थुप्रै फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । तर, उनी सधै कन्ट्रोभर्सिकै कारण चर्चामा रहने नायिका हुन् ।