फिल्मी फण्डा । रामबाबु गुरुङ निर्देशित फिल्म 'फुलबारी' आजबाट प्रदर्शनमा आएको छ । फिल्मले प्रदर्शनको अघिल्लो दिन काठमाडौँको बिग मुभिजमा भव्य प्रीमियर गरेको थियो ।
थुप्रै फिल्मकर्मीको उपस्थितिमा सम्पन्न प्रीमियरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पायो । हलबाट निस्किदा धेरैजसो फिल्मकर्मी र संचारकर्मी आँखाभरी आँसु लिएर निस्किएका थिए ।
'फिल्मले धेरै नै हसायो, धेरै नै रुवायो, अनि धेरै नै सिकायो । मनोरञ्जनको प्याकेज हो फुलबारी ।' फिल्मकर्मीहरुले यस्तै प्रतिक्रिया दिएका थिए । फिल्मले उत्कृष्ट प्रतिक्रिया पाउँदा निर्माण टिम र कलाकार पनि दंग देखिन्थे ।
विषेश गरेर अभिनेता विपिन कार्किले निर्वाह गरेको चरित्र र विपिनको अभिनयलाई रुचाइएको थियो । फिल्ममा दयाहाङ राई, प्रीयंका कार्की, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण भएको 'फुलबारी' दर्शकले हेर्दा पैसा खेर भने जाँदैन ।