सुटिङ सेटमा नै अनमोल केसिलाई भेटेका दीपक मनाङेले के आफ्नो फिल्ममा लिन लागेका हुन ?

फिल्मी फण्डा । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले  छायांकन भइरहेको स्थानमा गएर ‘फर्की फर्की’का नायक र फिल्मको अन्य युनिटसँग भेट वार्ता गरेका छन् ।

शनिबार छायाङ्कनकै क्रममा भएको उक्त भेटमा मुख्य त मनाङे र अनमोलबीच पहिलो पटक भेट  भएको थियो । 

मनाङे र अनमोलको यो भेटघाटको अवसर फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले मिलाएका हुन् । उनीहरूको भेटलाई पाण्डेले नै सामाजिक सञ्जाल फेसबुकमा तस्विर तथा भिडियो सेयर गरेर जानकारी गराएका छन् ।

 दीपक मनाङेको नयाँ फिल्म ‘कङ्गारु’ घोषणा भएको छ । दीपकको अनमोलसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हाललाई कुनै पनि सहकार्यको सम्भावना नरहेपनि निकट भविष्यमा सहकार्य हुन सक्ने छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech