फिल्मी फण्डा । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको फिल्म ‘फात्तेको जुत्ता खै ?’ आगामी कार्तिक २४ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।
‘फाटेको जुत्ता’ ५ बर्ष अगाडी कार्तिक ३ गते रिलिज भएको थियो । कार्तिक महिना ‘फाटेको जुत्ता खै ?’ को लागि लक्की महिना भएको भन्दै निर्माता अर्जुन कुमारले कार्तिक २४ गते फिल्म रिलिज गर्ने निर्णय गरेको बताए ।
एनआरएनए दुबईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना र एनआरएनए केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुन कुमारले फिल्म ‘फात्तेको जुत्ता खै ?’ निर्माण गर्न लागेका हुन ।
फिल्ममा सौगात मल्ल र रिचा शर्माको मूख्य भूमिका रहनेछ । फिल्मको निर्देशन निकेश खड्काले गर्ने बताइएको छ । निकेशले अर्जुन कुमार कै फिल्म फाटेको जुत्ता निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो ।
आकाश बरालको कथामा फिल्म निर्माण हुनेछ भने संगीत प्रबेश मालिकको रहनेछ । बैशाखमा शुटिङ शुरु हुने फिल्मलाई दुबईका वितरक रमेश ढकालले मिडलिस्ट देशमा वितरण जिम्मा लिएका छन् । आगामी बैशाखमा नवलपुरबाट फिल्मको छायांकन शुरु हुनेछ ।