फिल्मी फण्डा। टिआर गाैंडेलकाे शब्दरचना र निर्देशनमा रहेकाे ‘माया जाेख्ने तराजु’काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।गौडेलको गीत डिजिटल नेक्स्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।क्यान्सरका बिरामीप्रति समर्पित गरिएकाे गीतमा बाबुल गिरी र समीक्षा अधिकारीको स्वर रहेको छ।
गीतमा संगीत तथा एरेन्ज बाबुलले नै गरेका हुन्।सर्जक स्वयं गौडेलले नै निर्देशन गरेको गीतको भिडियोलाई पवन शुस्लिङको छायांकन र शिलन लम्सालको सम्पादन गरेका छन्।भिडियोमा प्रथम क्षेत्री र पुनम श्रेष्ठको अभिनय रहेको छ।
जापानी भाषामा समेत सबटाइटल राखिएको गीतको जापानी भाषानुवाद आबे मिनाकोले गरेका छन्।यसअगाडि गाैडेलले निर्माण, लेखन तथा निर्देशन गरेकाे लघु चलचित्र ‘हन्ड्रेड रुपिज’ सिओल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा मनोनयनमा परेको थियाे।दिया मास्के अभिनित यस चलचित्र विश्वभरिका प्रतिष्ठित फिल्म फेस्टिभलमा मनाेनित तथा प्रदर्शन भएकाे थियाे।