फिल्मी फण्डा । साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ ले 'बाहुबली' र 'केजीएफ'को रेर्कड तोडने संकेत देखाएको छ । यो फिल्म २२ डिसेम्बरबाट हलमा रिलिज हुँदै छ ।
केहि समय अघि फिल्मको ट्रेलर रिलिज भएको थियो जसले व्यापक चर्चा पाएको थियो भने अब अग्रिम बुकिङ पनि सुरु भएको छ, जसमा ‘सलार’ले राम्रो कलेक्सन गरिरहेको छ ।
यसको अग्रिम बुकिङ डिसेम्बर १६ गते अर्थात् ‘सालार’ रिलिज हुनु एक साता अघि देखि नै सुरु भएको हो । प्रभासको फिल्मले पहिलो दिन अग्रिम बुकिङमा ३१ हजारभन्दा बढी टिकट बेचेको छ भने ६० लाखभन्दा बढी कमाएको छ ।
सैकनिल्कको रिपोर्ट अनुसार ‘सालार’ ले पहिलो दिन अहिलेसम्म अग्रिम बुकिङ गरी ३१ हजार २८६ टिकट बिक्री गरेको हो ।
‘सालार’ तेलुगु, मलयालम, तमिल, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज हुनेछ । हाल, अग्रिम बुकिङको आंकडा हिन्दी भाषामा आउन बाँकी छ। होमबेल फिल्म्सको ब्यानरमा निर्माण भएको ‘सालार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र मीनाक्षी चौधरी, टिनु आनन्द, ब्रह्माजी, ईश्वरी राव महत्वपूर्ण भूमिकामा रहेका छन् ।