फिल्मी फण्डा । फिल्ममा एडे रिप्लेसमेन्टको लागि ठुलो रकम दिने गरिन्छ । तर यसैबिच अल्लु अर्जुनले पुष्पा–२ मा एउटा ठुलो ब्रान्डको डिल रिजेक्ट गरेका छन् ।
पुष्पा फ्रेन्चाइजीमा अल्लुले फिल्ममा रक्सी र चुरोटको विज्ञापन राख्ने एउटा डिल अस्वीकार गरेका हुन् । आफ्नो फिल्मबाट नराम्रा बानीहरूलाई समर्थन गर्न नचाहेको अल्लुको भनाइ छ । फिल्ममा अल्लु ‘राउडी’ को भूमिकामा छन् । तर उनी केही रेखाहरूलाई पार गर्न चाहँदैनन् । उनी तमाखु, गुट्खा र रक्सीको ब्रान्डलाई हत्तपत्त समर्थन गर्दैनन् ।
पुष्पा २ मा ऐड प्लेसमेन्टका लागि चर्चित रक्सी र पान ब्रान्डले मेकरहरुलाई अफर दिएका थिए । फिल्ममा जब जब पुष्पा राजको पात्रले रक्सी वा तमाखु खान्थे तब तब यो ब्रान्डको लोगो फ्रेममा आउँथ्यो । यसका लागि ब्रान्डले मेकरहरुलाई १० करोड भारु दिने भएका थिए । तर अल्लुले यो प्रस्ताव ठाडै अस्वीकार गरिदिए । आफ्ना फ्यानहरू माझ गलत बानीलाई समर्थन गर्न उनले नचाहेको बताइएको छ ।
अल्लुले पहिला पनि तमाखु, गुट्खा र रक्सीको ब्रान्डको टिभी विज्ञापनलाई नाई भनिसकेका छन् । पुष्पा २ सन् २०२४ को अगस्टमा रिलिज हुँदै छ । फिल्ममा रश्मिका मन्दना र फहाद फाजिल पनि छन् । फिल्म तेलुगुको साथमा हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ ।