७९ वर्षको उमेरमा तिलहरी, गोपीकृष्ण फिल्मका कलाकार प्रकाश पाठकको निधन

फिल्मी फण्डा । अभिनेता प्रकाश पाठकको  निधन भएको छ । उनको  ७९ वर्षको उमेरमा मंगलबार बिहान ललितपुर जावलाखेलस्थित निवासमा निधन भएको हो । उनले मायालु, तिलहरी, गोपीकृष्ण, टुहुरो, बन्धन लगायतका हिट फिल्ममा अभिनय गरेका छन । 

उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डीसी, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायत आर्यघाटमा उपस्थित थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech