फिल्मी फण्डा । फिल्म ‘पर्खि बसें तिमीलाई’का दुई पोस्टर सार्वजनिक भएका छन् । पुस २७ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको दीपक श्रेष्ठले निर्देशन गरेका हुन ।
श्रेष्ठको अघिल्लो फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीले अभिनय करिअर थालेका थिए । उनको यो २७ औं फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् ।
चर्चित गीत ‘कालो चस्मा लाऊ है मैया’लाई रिमेक गरेर फिल्ममा समावेश गरिएको छ । फिल्म ‘बादलपारि’मा समावेश उक्त गीतमा सुरेन्द्र रानाको शब्द र शम्भुजीत बासकोटाको संगीत छ । प्रमोद खरेल र मिलन नेवारको स्वर छ ।
अहिलेको पुस्तालाई फिल्म मनपर्ने उनको दाबी छ । रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम)को ब्यानरमा बनेको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सनविक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।